धनकुटाको रानीवन खानेपानी मुहानमा सरसफाई अभियान सुरु, नगरवासीलाई शुद्ध र सुरक्षित पानी उपलब्ध गराउने उद्देश्य।
![]() |
धनकुटा–रानीवन सरसफाई अभियान सुरु |
धनकुटा, २४ अगस्ट २०२५ ।
धनकुटा सदरमुकामको ऐतिहासिक रानीवन खानेपानी मुहान क्षेत्रमा आजदेखि सरसफाई अभियानको सुरुवात गरिएको छ। नगरवासीलाई शुद्ध र सुरक्षित पानी उपलब्ध गराउनका लागि सुरु गरिएको यो अभियानलाई नियमित कार्यक्रमका रूपमा अघि बढाइने बताइएको छ।
https://www.worldo.online/2025/08/blog-post_30.html
यस अभियानको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामांग, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।
https://www.worldo.online/2025/08/blog-post_24.html
खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङका अनुसार, जलाधार क्षेत्रमा फोहोर जम्दा मुहानमै असर पर्ने भएकाले यसलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सरसफाई अभियानलाई निरन्तरता दिने योजना बनाइएको हो। उनले भने, “शहरले पिउने पानी स्वच्छ राख्न जलाधार क्षेत्रलाई प्रदूषणमुक्तराख्नु अपरिहार्य छ।”
सामाजिक सरोकारवालाहरूले पनि जलाधार क्षेत्रमा नियमित सरसफाई गर्दा पानीको गुणस्तरमा सुधार हुने र वातावरण संरक्षणमा समेत ठूलो योगदान पुग्ने बताएका छन्। https://www.worldo.online/2025/08/3iatlas.html
यो अभियानलाई सफल बनाउन स्थानीय बासिन्दा, विद्यार्थी, सामुदायिक संस्था तथा स्वयंसेवकहरूलाई समेत सक्रिय रूपमा सहभागी गराउने योजना नगरपालिकाले अघि सारेको छ।

Comments
Post a Comment