खगोलशास्त्रीहरूले पत्ता लगाएको 3I/Atlas सौरमण्डलमा प्रवेश गर्ने तीव्र गतिमा यात्रा गर्ने रहस्यमय अन्तरिक्षीय वस्तु हो
|
|
खगोलशास्त्रीहरूले हालै एउटा रहस्यमय अन्तरिक्षीय वस्तु पत्ता लगाएका छन् जसलाई वैज्ञानिकहरूले 3I/Atlas नाम दिएका छन्। यो वस्तु सौरमण्डलमा हालसम्म प्रवेश गरेका सबै अन्तरक्षीय वस्तुमध्ये सबैभन्दा तीव्र गतिमा यात्रा गरिरहेको मानिन्छ। |
वैज्ञानिकहरूको प्रारम्भिक गणनामा यसको गति करिब १,१८,००० माइल प्रति घण्टा अर्थात् झण्डै १,९०,००० किलोमिटर प्रति घण्टा रहेको छ, जुन हाम्रो सामान्य धूमकेतु वा एस्टेरोइडको गतिभन्दा धेरै गुणा बढी हो।
यसअघि केवल दुईवटा यस्ता अन्तरक्षीय पाहुना—सन् २०१७ मा देखिएको ʻOumuamua र सन् २०१९ मा पत्ता लागेको 2I/Borisov—लाई खगोलविदहरूले अध्ययन गरेका थिए। तर 3I/Atlas ले देखाएको असामान्य मार्ग र तिब्र गतिले यो वस्तु अझै विशेष र रहस्यमय भएको प्रमाणित गरेको छ।
कतिपय वैज्ञानिकहरू यसलाई साधारण धूमकेतु वा एस्टेरोइड भन्न चाहन्छन् भने केही खगोलविदहरूले यसको अस्वाभाविक चालढाल र आकृतिका आधारमा यसमा कुनै उन्नत प्रविधि संलग्न हुनसक्ने अड्कल समेत गरेका छन्। यसले अन्तरिक्षीय सभ्यतासँग सम्बन्धित बहसलाई फेरि जीवित पारेको छ।
यद्यपि, हालसम्मको अवलोकनअनुसार यसले पृथ्वीमा प्रत्यक्ष असर पार्ने सम्भावना भने देखिएको छैन। तर यसको गहिरो अध्ययनले सौरमण्डल बाहिरका पदार्थ, अन्तरिक्षीय यात्राको स्वरूप र सम्भावित जीवनका प्रश्नमा नयाँ दृष्टिकोण दिन सक्ने अपेक्षा गरिएको छ।
विश्वका प्रमुख वेधशालाहरूले यसलाई निरन्तर ट्र्याक गरिरहेका छन् र प्राप्त हुने तथ्याङ्कहरूले आगामी दिनमा अन्तरिक्ष विज्ञानलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
यसरी 3I/Atlas हालसम्मकै रोमाञ्चक खोजका रूपमा स्थापित भएको छ जसले ब्रह्माण्ड अझै पनि कति अज्ञात र अनौठो छ भन्ने कुरालाई पुनः स्मरण गराइदिएको छ।
Comments
Post a Comment