बन्चरे डाँडाका पीडितहरूले हराएका बालेन शाहलाई फेला पार्ने जो कोहीलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे
बन्चरे डाँडाका पीडितहरूले हराएका बालेन शाहलाई फेला पार्ने जो कोहीलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे
काठमाडौं — बन्चरे डाँडाका पीडितहरूले हाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई सम्पर्कविहीन भएको भन्दै उनलाई फेला पार्ने जो कोहीलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
पीडितहरूको भनाइअनुसार, लामो समयदेखि उनीहरू आफ्नो समस्या समाधानको माग गर्दै बालेन शाहसँग भेट्न प्रयासरत छन्, तर मेयर साह न सार्वजनिक कार्यक्रममा देखिएका छन् न त उनीसँग प्रत्यक्ष सम्पर्क गर्न सकिएको छ। यस कारण निराश भएका बन्चरे डाँडाका बासिन्दाहरूले अब सार्वजनिक रूपमा नै यस्तो घोषणा गर्नुपरेको बताएका छन्।
पीडितहरूका प्रतिनिधिहरूले भने, “हामीले बारम्बार महानगरको ध्यानाकर्षण गराउँदा पनि कुनै प्रतिक्रिया आएको छैन। अब जो कोहीले मेयर बालेन शाहलाई फेला पारेर हाम्रो आवाज पुर्याउँछ, उसलाई हामी १ लाख रुपैयाँ पुरस्कार दिनेछौं।”
स्मरण रहोस्, बन्चरे डाँडामा बसोबास गर्ने स्थानीयवासीहरू लामो समयदेखि फोहोर व्यवस्थापन, सरसफाइ र स्वास्थ्य जोखिमका समस्यामा परेका छन्। ती समस्याहरू समाधानको माग गर्दै उनीहरूले पटक–पटक आन्दोलन गरेका थिए।
यसबीच, बालेन शाह कहाँ छन् भन्ने विषयमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। महानगरका केही अधिकारीहरूले भने मेयर केही समय व्यक्तिगत कारणले सार्वजनिक कार्यक्रममा नदेखिएको जानकारी दिएका छन्।
तर बन्चरे डाँडाका स्थानीयको भनाइमा, “हामीलाई मेयर साहको उपस्थिती र जवाफ चाहिएको हो। जबसम्म उनी फर्केर हामीसँग संवाद गर्दैनन्, हाम्रो संघर्ष जारी रहनेछ।”

Comments
Post a Comment