स्वतन्त्र जनताले दिएको भरोसामा उदाएका नेताहरूबीचको सत्ता खेल र स्वार्थको राजनीति — बलेन शाह र हर्क साम्पाङबीचको मतभेदले देखाएको स्वतन्त्रताको वास्तविक अनुहार। यस्तो पनि हुन सक्छ!
स्वतन्त्र जनताले ठूलो विश्वासका साथ सत्ताको ढोका खोलिदिएका थिए — आशा थियो, नयाँ पुस्ता, नयाँ सोच, नयाँ अनुहारबाट देशले दिशा पाओस्। तर जब स्वतन्त्र जनताले दिएका म्यान्डेटका बीचबाट बलेनजस्ता व्यक्ति उदाए, धेरैले सोचे — “अब केही फरक पक्कै हुनेछ।”
तर कथा त्यति सरल रहेन।
बलेन र हर्क — दुई जना स्वतन्त्र भनिएका नेता, दुईको पृष्ठभूमि फरक, तर उद्देश्य एउटै थियो — प्रणालीको जरा हल्लाउने। जनताले सोच्थे, यी दुई हातेमालो गरेर साँचो परिवर्तन ल्याउनेछन्। तर, जब निर्णायक क्षण आयो, बलेनले जनताको भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएर हर्कलाई बाइपास गर्दै शुशिललाई समर्थन जनाए।
त्यो समर्थन केवल राजनीतिक निर्णय थिएन — त्यो एउटा सन्देश थियो: “स्वतन्त्रको नाममा पनि स्वार्थ पलाउन सक्छ।”
यो निर्णय सँगसँगै बलेन र हर्कबीच अदृश्य दूरी बढ्दै गयो। हर्कले बलेनको प्रत्येक कदम नजिकबाट नियाल्न थाले — कसरी, किन, र कोसँग मिलेर उनले आफ्नो “अन्तरिम सरकार”को सपना बुने। हर्कले पर्दा पछाडिका खेलहरू क्रमशः उजागर गर्न थाले, जसले स्वतन्त्रताको आवरणभित्र लुकेका स्वार्थका प्वालहरू देखाउन थाल्यो।
आजको अवस्थामा आइपुग्दा बलेन पुनः चर्चामा छन्।
अघिल्लो सरकार बनाउन NGO, INGO र केही स्वार्थी समूहहरूसँग हात मिलाएर “मनपरी” ढंगले सत्ता खेल खेलेका बलेन अहिले आफ्नै सरकार र प्रणालीले साथ नदिँदा “नयाँ पार्टी” भन्ने घण्टीसँग जोडिँदैछन्।
त्यो घण्टी पनि अब माओवादीका पुराना लडाकु र बबुरामजस्ता पुराना अनुहारहरूको बोझ बोकेर हिँडिरहेको छ।
सत्ताको खेलमा हरेक चाल सोचेर खेल्नुपर्ने हुन्छ।
तर जब योजना एक–एक गर्दै चौपट हुँदै जान्छन्, तब निराशा बोल्न थाल्छ।
र अहिले बलेनको अवस्थालाई यही निराशाको प्रतिबिम्ब मान्न सकिन्छ — “नशाको तालमा मध्यरातको बर्बराहट।”
जनताले दिएको विश्वास केवल नारा होइन, त्यो जिम्मेवारी हो।
तर जब स्वतन्त्रताको आवरणभित्र स्वार्थको बीउ उम्रिन्छ, तब स्वतन्त्र राजनीति पनि पुरानै राजनीतिक दलझैं दलदलमा फस्छ।
अस्तो पनि हुन सक्छ — स्वतन्त्रताको नाममा स्वार्थको खेल।

Comments
Post a Comment