बक्यौता असुलीको कुरा अहंकार होइन, जिम्मेवारी हो — कुलमान घिसिङ

During Nepal’s load-shedding era, a few large industries received dedicated electricity lines but never paid the required premium charges. Nepal Electricity Authority (NEA), under Kulman Ghising’s leadership, is taking a firm stand to uphold the rule of law, accountability, and institutional integrity. This is not personal ego — it’s about justice, governance, and the nation’s honesty.



जब देश अँध्यारोमा डुबेको थियो, जनता लोडसेडिङको पीडामा थिए। त्यतिबेला केही ठूला उद्योगहरूले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनमार्फत विशेष विद्युत् सुविधा पाए। तर आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल बुझाएका छैनन्। नियमित बिल तिरे पनि बक्यौता नतिरेपछि नेपाल विद्युत प्राधिकरणले कानुन अनुसार कदम चाल्न बाध्य भएको हो। यो निर्णय नयाँ होइन — विगतमा चार पटकसम्म असुलीको प्रयास गर्दा पनि राजनीतिक हस्तक्षेपका कारण रोकिएको थियो। २०८१ चैत ११ गते मैले कार्यकारी निर्देशकको हैसियतमा नियमन आयोगमा बक्यौता उठाउन पत्राचार गरेको थिएँ, र सोही दिन मलाई पदबाट हटाइयो। तर म पछि हटिनँ — किनकि सत्य, जवाफदेहिता र कानूनको शासनप्रति मेरो प्रतिबद्धता अडिग छ।


आज फेरि पनि केही पक्षहरू बक्यौता नतिर्नेहरूकै पक्षमा भावनात्मक प्रचार र दबाब सिर्जना गर्न खोज्दैछन्। तर म स्पष्ट छु — नियम सबैका लागि बराबर हो। यदि आज बक्यौता नतिर्ने चलन बसाल्यौं भने, भोलि कर नतिर्ने संस्कार फैलिन्छ, र त्यसपछि राज्य कसरी चल्ने?


मेरो सरल आग्रह — जिम्मेवारी बुझौँ, कानुनको सम्मान गरौँ, र देशको इमान जोगाऔँ। प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता बुझाऔँ। अन्याय भएको लाग्छ भने, न्यायिक निकायमा आफ्नो हक खोजौँ।


म मेरो जिम्मेवारीबाट कहिल्यै पछि हट्दिन। यो व्यक्तिगत अहंकार होइन — यो संस्थाको प्रतिष्ठा, कानूनको शासन र देशको शुद्धताको लागि गरिएको इमानदार प्रयास हो। 🇳🇵




#सत्यकोपक्षमा

#कानूनपहिले

#देशपहिले

#इमानदारनेतृत्व

#KulmanGhising

#नेपालविद्युतप्राधिकरण

#NEA

#सुशासन

#Accountability

#CleanEnergyNepal

#EnergyForNation

#NoCorruption

#ResponsibleCitizen

#देशकोइमान

#PowerWithIntegrity















Comments