काठमाडौं विद्यार्थी आन्दोलनमा १९ को मृत्यु, कर्फ्यू आदेश जारी गर्ने सीडीओमाथि आलोचना
काठमाडौंमा जारी विद्यार्थी आन्दोलनले हालसम्म कम्तीमा १९ जनाको ज्यान लिएको छ। आन्दोलन तीव्र बन्दै गएपछि प्रहरीले कडा रूपमा हस्तक्षेप गरेको थियो।
यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जारी गरेको आदेशपछि प्रहरी आक्रामक बनेको आरोप लागेको छ। अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटबाट उनको तस्बिर हटाइएको छ भने व्यक्तिगत फेसबुक खाता पनि निष्क्रिय गरिएको छ।
सीडीओ रिजालले २०८२ साल भदौ २३ गते अपरान्ह १२:३० बजेदेखि राति १० बजेसम्म काठमाडौं महानगर क्षेत्रभित्र कर्फ्यू आदेश लागू गरेका थिए। उक्त आदेशअनुसार बानेश्वर आसपासका मुख्य सडक, चोक र पुलमा आवत–जावत, भेला, जुलुस, सभा वा प्रदर्शन पूर्ण रूपमा प्रतिबन्ध गरिएको थियो।
तर आन्दोलनमा घाइते विद्यार्थीहरूको उपचारमा देखिएको कठिनाइ र मृत्युको घटनापछि सीडीओ रिजालको निर्णयलाई व्यापक आलोचना गरिएको छ। नागरिक समाजका प्रतिनिधि र विभिन्न राजनीतिक दलहरूले घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्।

Comments
Post a Comment