हर्क साम्पाङको भेडेटार पदयात्रा : सीमाना जोगाउन शरीरले सहेको पीडा देशप्रेमको तपस्या”

धरानका मेयर हर्क साम्पाङले सीमा अतिक्रमणविरुद्ध धरान–भेडेटारसम्म ३ घण्टा ३० मिनेट लामो पदयात्रा पूरा गर्दै देशभक्तिको संदेश 

भेडेटारसम्म हर्क साम्पाङको पदयात्रा : सीमाना मिचिएकै विरोधमा दृढ कदम”

                                 धरान–भेडेटार पदयात्रा क्रममा मेयर हर्क साम्पाङ



धरान, भदौ ९, २०८२ – धरान १८ ग्रीन टीबाट मेयर हर्क साम्पाङले भेडेटारसम्म करिब ३ घण्टा ३० मिनेट लामो विरोध पदयात्रा सम्पन्न गरेका छन्। लिम्पियाधुरा क्षेत्र भारतीय पक्षले मिचेको खबरले चिन्तित बनेका साम्पाङले सीमा अतिक्रमणविरुद्ध शान्तिपूर्ण पदयात्रा गरेको बताएका छन्।


https://www.worldo.online/2025/08/blog-post_25.html


उनका अनुसार यो पहिलो पदयात्रा भने होइन। निर्वाचित हुनु अघि पनि उनले सिमाना मिचिएको, एमसीसी पारित गर्ने प्रयास भएको र विभिन्न बेथितिविरुद्ध बारम्बार भेडेटारसम्म पदयात्रा गरेका थिए।


https://www.worldo.online/2025/08/blog-post_30.html


“कठोर यात्रा थियो। बाटो लाग्दा देखि पानी नखाई, विश्राम नगरी लगातार हिँडेँ। बाटोमा पाएको पीडाले नै देशप्रेम झन् बलियो बनाउँछ भन्ने महसुस भयो,” साम्पाङले भने।


जिरो पोइन्ट नपुग्दै उनको जुत्ताको सोल फाट्दा खुट्टामा ढुङ्गा छिरेर पिडा भए पनि उनले यात्रालाई निरन्तरता दिएका थिए। “देशको लागि दुःख सहन पाउँदा नै साँचो आनन्द मिल्छ,” साम्पाङले भावुक हुँदै भने।


यात्रा भरि नागरिकहरूले अभिवादन गर्दा उनले मौनै बस्नुपर्ने अवस्था आएको बताए। “देश प्रतिको निष्ठा मेरो लागि तपस्या हो। अरुले के भन्छन् भन्ने भन्दा पनि म देशलाई कस्तो भावनाले सम्झन्छु भन्ने ठूलो कुरा हो,” उनले बताए।


https://www.worldo.online/2025/08/blog-post_24.html


भेडेटार पुगेपछि साम्पाङसँग केही श्रमजीवी र पत्रकार साथीहरू पनि भेटिएका थिए। यात्रा सकेर फर्केपछि पनि उनका पाइताला दुखिरहे तापनि आफूलाई गर्व महसुस भएको उनले जनाएका छन्।


“देशको माटोलाई सापटी लिएर उभिएको यो शरीर ढलेर फेरि यही माटोमा मिसिन पाउँदा जीवन सफल हुनेछ,” साम्पाङको भनाइ छ।


Comments