धनकुटा बौद्धिक विकास समाज समितिद्वारा आयोजित तीज विशेष सांस्कृतिक नृत्य प्रतियोगिताको अवसरमा सुप्रसिद्ध साहित्यकार झमक घिमिरेलाई ‘धनकुटा रत्न सम्मान २०८२’ प्रदान गरिएको छ। यो सम्मान धनकुटाको सांस्कृतिक, साहित्यिक र सामाजिक गौरवको प्रतीक हो।
धनकुटा – बौद्धिक विकास समाज समिति, धनकुटाले तीज विशेष सांस्कृतिक नृत्य प्रतियोगिता–२०८२ को अवसरमा सुप्रसिद्ध साहित्यकार झमक घिमिरेलाई प्रतिष्ठित ‘धनकुटा रत्न सम्मान २०८२’ प्रदान गरेको छ।
शारीरिक अस्वस्थताका कारण उहाँ प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी हुन नसके पनि आयोजक टोली आजै कचिडेस्थित उहाँको निवासमा पुगेर तीजको नृत्य प्रस्तुत गर्दै सम्मान अर्पण गरिएको हो।
झमक घिमिरे नेपाली साहित्यमा अद्वितीय योगदान पुर्याएकी स्रष्टा हुन्। शारीरिक चुनौती हुँदाहुँदै पनि उनले सिर्जना गरेको शब्द–कला आज नेपाली साहित्यको अभिन्न सम्पदा बनेको छ।
समाज समितिका पदाधिकारीहरूले घिमिरेलाई प्रदान गरिएको यो सम्मानलाई धनकुटाको सांस्कृतिक, साहित्यिक र सामाजिक गौरवको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
उहाँप्रति धनकुटावासी मात्र नभई सम्पूर्ण नेपाली समाजले प्रगाढ सम्मान र शुभकामना व्यक्त गरेका छन्।

Comments
Post a Comment