Apple ले आफ्नो बहुप्रतिक्षित iPhone 17 Series आगामी २०२५ सेप्टेम्बर ९ मा “Awe Dropping Event” मार्फत सार्वजनिक गर्न लागेको छ। यसमा iPhone 17, iPhone 17 Pro, iPhone 17 Pro Max र नयाँ Ultra-thin iPhone 17 Air उपलब्ध हुनेछन्। प्रि-अर्डर सेप्टेम्बर १२ देखि सुरु हुनेछ भने बिक्री सेप्टेम्बर १९ बाट सुरु हुने अपेक्षा छ।
Aप्पलले आफ्नो नयाँ iPhone 17 Series आगामी २०२५ सेप्टेम्बर ९, मंगलबारका दिन सार्वजनिक गर्ने पक्का भएको छ। एप्पलले यो विशेष कार्यक्रमलाई “Awe Dropping Event” नाम दिएको छ, जुन अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको Steve Jobs Theater मा हुनेछ। कार्यक्रम अमेरिकी समय अनुसार बिहान १० बजे सुरु हुनेछ भने नेपालमा भने यो करिब राति १०:४५ बजे देख्न सकिनेछ। यसपटक एप्पलले चारवटा नयाँ मोडेलहरू ल्याउनेछ जसमा iPhone 17, iPhone 17 Pro, iPhone 17 Pro Max र एकदमै पातलो स्वरूपमा आउने iPhone 17 Air समावेश छन्। Air मोडेलले अघिल्लो Plus भर्सनलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ। एप्पलको परम्पराअनुसार नयाँ फोनको प्रि-अर्डर सेप्टेम्बर १२, शुक्रबारदेखि सुरु हुनेछ भने वास्तविक बिक्री सेप्टेम्बर १९, शुक्रबारबाट सुरु हुनेछ। नयाँ मोडेलहरूमा विशेषगरी डिजाइन, प्रोसेसर, क्यामेरा र ब्याट्रीमा ठूलो सुधार आउने अनुमान गरिएको छ, विशेष गरी Pro र Pro Max भर्सनमा। नेपालमा भने आधिकारिक वितरकमार्फत यी डिभाइसहरू सेप्टेम्बरको अन्त्यतिर वा अक्टोबरको सुरुमा उपलब्ध हुने सम्भावना रहेको छ।

Comments
Post a Comment